नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न



काठमाडौँ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विविध विषयमा छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयका काठमाडौंमा भएको छलफलमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा छलफल भएको हो ।

दुई देशका परराष्ट्रमन्त्रीहरु नारायण प्रकाश साउद र एस जयशंकरले उक्त विषयमा केन्द्रित भई नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल गरेको मन्त्रालयले उल्लेख गरेको छ । ‘उहाँले (जयशंकर)सँग दुईदेशीय सम्बन्धबारे आदानप्रदान गर्न पाउँदा खुसी लागेको छ’, भारतीय समकक्षीसँगको भेटबारे मन्त्री साउदले भने, ‘हामीले सातौँ नेपाल-भारत संयुक्त आयोगको बैठकमा समेत बस्यौँ। सो क्रममा दुई देशको विविध पक्षबारे छलफल भयो ।’

खासगरी आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा परिवहन, ऊर्जा र जलस्रोत तथा राजनीतिक विषयवस्तुका विभिन्न पक्षबारे छलफल भएको उनले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्