प्रधानमन्त्री प्रचण्डद्वारा राजनीतिक सल्लाहकारको राजीनामा स्विकृत



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्विकृत भएको छ ।

प्रधानमन्त्री प्रचण्डले उनको राजीनामा आज स्विकृत गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले भारतीय विदेश मन्त्री एस जयशंकरसँग शिष्टचार भेटवार्ता गरे लगत्तै उनको राजीनामा स्विकृत भएको जानकारी दिइएको हो ।

प्रधानमन्त्रीका सचिवालयका अन्य सदस्यको व्यवहारसँग असन्तुष्टी हुँदै तथा काम गर्न र गराउन नसकेको भन्दै एक महिना अघि राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्