गठबन्धनसँग एमालेले माग्यो राष्ट्रियसभाका ६ सिट



काठमाडाैं ।

राष्ट्रिय सभा सदस्यका लागि एमालेले आफूलाई ६ सिट दिन प्रस्ताव गरेको छ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ६ सिट छुट्याउन प्रस्ताव गरेका थिए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ३ सिटका लागि आफूले गठबन्धन दलहरूलाई सहमत गराउन सक्ने बताएका थिए। प्रचण्डले बुधबार साँझको बैठकबारे बताउने बित्तिकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसको विरोध गरेका थिए।

प्रमुख प्रतिपक्षीलाई सिट दिने भन्ने कुरा सैद्धान्तिक, व्यावहारिक र रणनीतिक रूपमा उपयुक्त नभएको नेपालले बताएका थिए। नेपालको फरक मतका कारण सहमति हुन नसकेपछि बैठक टुंगोमा पुग्न नसकेको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्