प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे जयशंकर



काठमाडौं ।

भारतीय बिदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज उनले शिष्टचार भेटवार्ता गरेका हुन् ।

नयाँ दिल्लीबाट आज बिहान १० बजे मात्रै त्रिभुवन बिमानस्थलमा अवतरण गरेका भारतीय बिदेश मन्त्री जयशंकरले काठमाडौंको दुई दिने भ्रमणको क्रममा पहिलो भेटघाटको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरे लगत्तै प्रधानमन्त्री प्रचण्डसँग शिष्टचार भेटबार्ता गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्