राष्ट्रिपति पौडेल र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता



काठमाडौं ।

भारतीय विदेश मन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शितल निवासस्थित राष्ट्रपति भवनमा आज उनले शिष्टचार भेटवार्ता गरेका हुन् ।

नयाँ दिल्लीबाट आज बिहान १० बजे मात्रै त्रिभुवन बिमानस्थलमा अवतरण गरेका भारतीय विदेश मन्त्री जयशंकरले काठमाडौंको दुई दिने भ्रमणको क्रममा पहिलो भेटघाटको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका हुन् ।

यसपछि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्