निर्मलराज पौडेल १५ वर्षपछि फेरि गायन क्षेत्रमा



काठमाडौं ।

गायक तथा कलाकार निर्मलराज पौडेल १५ वर्षपछि पुनः गायनमै फर्किएका छन्। उनले छम्म नाचौँ, छप्प नाचौँ बोलको गीतबाट गायनका पुनरागमन गरेका हुन्।

गीतको भिडियोको हालै भिडियो छायांकन गरिएको छ। पर्वहरूमा नाच्ने शैलीमा तयार पारिएको गीतमा चर्चित कलाकारहरूले अभिनय गरेका छन्।

गीतको भिडियोमा सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र्र खड्का, गजित विष्ट, गम्भीर विष्ट, सुनील सिलवाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका नयाँ र पुराना कलाकारले अभिनय गरेका छन्।

गीतमा निर्मलराज पौडेलकै शब्द र स्वर, मनीष पौडेलको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी र महेश पौडेलको छायांकन रहेको छ।

३५ वर्षअघि हलिउड र बलिउडका विभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरी गायन यात्रा शुरु गरेका पौडेलको फेसन यो हो फेसन बोलको गीत चर्चित छ।

प्रतिक्रिया दिनुहोस्