राष्ट्रियसभामा गण्डकीबाट एमालेका ९ जनाको नाम सिफारिस



पोखरा  । 

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकिले उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश कमिटी बैठकले ९ जनाको नाम सिफारिस गरेको हो ।

केन्द्रिय कमिटिलाई अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, बाग्लुङका मोहनलाल शर्मा र म्याग्दीकि ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस भएको छ । अपांग अल्पसंख्यकमा कास्किका मेघराज शर्मा, मुस्ताङको हेमन्त शेरचन र गोरखाकी मिना बरामको नाम सिफारिस भएको छ ।

यस्तै महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्किकी सगुन गुरुङ र स्याङजाकी इश्वरी सिग्देल अर्यालको नाम गण्डकी प्रदेश कमिटीले पठाएको छ । माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल फागुन २० गते सकिँदैछ ।

अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन । पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्