रुविना बनिन् सर्वोत्कृष्ट खेलाडी



काठमाडौं ।

बिहीबार सम्पन्न प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत रहेकी रुबिनाले फाइनलमा एपीएफविरुद्ध ६२ रनको पारी खेलेपनि आफ्नो टिमलाई जिताउन भने असफल भएकी थिइन् ।

सर्वोत्कृष्ट खेलाडी घोषित भएकी रुबिनाले स्कुटर पुरस्कार प्राप्त गरेकी छन् । रुबिनाले प्रतियोगितामा सर्बाधिक ३४५ रन बनाएकी थिइन् ११ विकेट समेत लिएकी थिइन् । यसैगरी गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनीलाई उदियमान खेलाडी घोषणा गरिएको छ र उनलाई ५० हजार बराबरको क्रिकेट सामग्री पुरस्कार दिइएको छ । उनले प्रतियोगितामा ९१ रन बनाएकी थिइन् भने ३ विकेट समेत लिएकी थिइन् ।

त्यसैगरी प्रतियोगितामा सर्बाधिक १२ विकेट लिएकी मधेश प्रदेशकी पूजा महतो उत्कृष्ट बलर बनिन् भने २१२ रन बनाएकी गण्डकी प्रदेशकी सुमन खतिवडाले उत्कृष्ट ब्याटरको उपाधि पाएकी छन् । उनीहरु दुवैलाई जनही ५० हजार पुरस्कार दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्