भैरहवामा पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताहरूबीच भेटवार्ता



काठमाडाैं ।

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ । पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए ।

हाल भैरहवामै बसिरहेका ज्ञानेन्द्रलाई भेट्न आजै काठमाडौंबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ महामन्त्री डा. धवलशमशेर राणा र सांसद दीपक सिंह भैरहवा गएका थिए ।

उनीहरूले आज भैरहवामा ज्ञानेन्द्रसँग सामूहिक भेट गरेका छन् । भेटका क्रममा ज्ञानेन्द्रले आफ्ना लागि सबै नेपाली बराबर रहेको बताएको उपाध्यक्ष मिश्रले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्