२८अंकले बढ्यो नेप्से, साढे ४ अर्बको सेयर कारोबार



काठमाडौं ।

सेयर बजार करिब २८ अंकले बढेको छ । बुधबार २७.९० अंकले बढेको सेयर बजार २०५८.१० विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको कारोबार भएको छ । यसदिन २०९ वटा कम्पनीको सेयरमूल्य बढ्दा ३० वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्