सर्वोच्चको मुख्य रजिस्ट्रारमा ढकाल र रजिस्ट्रारमा पौडेल सिफारिस



काठमाडौं ।

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्र ढकाल नियुक्त हुने भएका छन्। न्याय सेवा आयोगको आज बसेको बैठकले न्याय परिषद्को सचिव रहेका ढकाललाई सर्वोच्चको मुख्य रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

यस्तै, सर्वोच्च अदालतको रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन्। उनी सर्वोच्च अदालतको प्रशासन महाशाखाका प्रमुख हुन्।

यसअघिका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए।

न्याय सेवा आयोगको सिफारिसपछि प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले ढकाललाई मुख्य रजिस्ट्रार र पौडेललाई रजिस्ट्रार नियुक्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्