दोहोरीमा झुमे मकवानपुरवासी



हेटौंडा ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडाको टीसीएन चौरमा जारी महोत्सवमा लोकगायक प्रदीप रोक्का र चर्चित लोकगायिका बबिता बानियाँ ‘जेरी’ लाइभ दोहोरी प्रस्तुत गरेका छन्।

यो जोडीको प्रस्तुतिमा दर्शकले नाचेर साथ दिएका थिए। महोत्सवअन्र्तगत चर्चित गायिका रचना रिमाल, कमल के क्षेत्री र सुमन नेपाली ब्यान्डको लाइभ प्रस्तुति पनि थियो।

गायिका रिमालले आफ्ना निकै चर्चित गीतहरू फोटो फिरिममा, सुनन पियारी, टन्नै पैसा कमाउला भन्थेंलगायतका आफ्ना चर्चित गीत प्रस्तुत गरेकी थिइन्।

महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। महोत्सवमा गायिका राधिका हमाल, गायक उर्गेन दोङ, कमल खत्री, एञ्जिला रेग्मी र द शिल्ड ब्यान्डको प्रस्तुति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्