बीभत्स हत्या गरिएको अवस्थामा युवकको शव भेटियो 



काठमाडौं ।

दोलखाको शैलुङ गाउँपालिका-४ काटाकुटीमा एक युवकको बीभत्स अवस्थामा शव भेटिएको छ। काकाकुटीस्थित बीरेन्द्र माध्यमिक विद्यालय नजिकको भिरमा एक पुरुषको शव घोप्टो परेको अवस्थामा देखेपछि स्थानीयले सोमबार बिहन  प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय मागापौवाबाट प्रहरी हवलदारको नेतृत्वमा घटना स्थलमा पुगेको टोलीले  शव पल्टाउँदा टाउको छुट्टिएको र  ज्याकेटले टाउको छोपिएको, बायाँ हातको हत्केला नभएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु  ४/५ दिन अगाडी नै भएको जस्तो देखिएको थियो। साथै टाउको पछाडिको भागमा धारिलो हतियार प्रयोग गरेको जस्तो चोट रहेको, नाक थेप्चिएर हड्डी देखिएको, दाहिने हातको बुढिऔंला र चोर औंलाको बीचमा २/३ इन्च जति धारिलो हतियारले काटेको जस्तो देखिएको प्रहरीको भनाइ छ।

सोमबार साँझ शैलुङ गाउँपालिका-४ मागापौवा निवासी ललितबहादुर भण्डारीले मृतकलाई १८ वर्षीय भिष्म भण्डारीको रूपमा पहिचान गरेका थिएललितबहादुर मृतक भिष्मका बुवा हुन्।

शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्