माओवादी विशेष रुपान्तरण अभियानले अन्तरविरोध समाधान भयाे : प्रवक्ता अग्नि सापकोटा



काठमाडौं ।

नेकपा माओवादी केन्द्रले जनतासँग माओेवादी विशेष रुपान्तरण अभियानले पार्टीका विभिन्न तहमा देखिएका अन्तरविरोधहरु समधान भएको दावी गरेका छन् ।

चार महिने अभियान सम्पन्न भएपछि मंगलबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अभियानले पार्टीभित्र, जनवर्गीय संगठन, मोर्चाभित्रका अन्तरविरोधहरू सतहमा आएर समस्या समाधानको जबरजस्त आधार तय भएको बताए ।

साथै पार्टीको संगठन तल्लो तहबाटै चलायमान भएको बताउँदै उनले भने, ‘जनतालाई माओवादी चुनावमा मात्रै होइन अरु बेलामा पनि आउने रहेछन् भन्ने परेको छ । आशाको झिल्को देखिएको छ, संगठन बनेका ठाउँमा सक्रिय भएका छन् नभएका ठाउँमा बनेका छन् । केही पलायन भएपछि अभियानको क्रममा उल्लेख्य संख्यामा पार्टी प्रवेश गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्