बालकुमारीमा घटनामा मृत्यु भएका दुई युवको शव सेनाको हेलिकप्टरमार्फत घर लगियाे



काठमाडौं ।

ललितपुरको बालकुमारीमा मृत्यु भएका दुई युवकको शव परिवारलाई जिम्ममा लगाइएको छ । मंगलबार नेपाली सेनाको स्काई ट्रकमा राखेर उनीहरुकाे शव  घर पुर्‍याइएको हो ।

मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।

गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो। वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो।

दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो। दुबैको शव मंगलबार बिहान काठमाडौंबाट सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लगिएको हो। त्यहाँबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर घर पुर्‍याइने एसपी कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्