कस्तो छ तपाईंको आजको राशिफल ?



मेष : आज शुभ समाचार सुन्न पाइनेछ। मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

वृष : दिन सामान्य छ। भोलि भनेर काम रोक्नु घाटा हुनेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। अन्य सबै क्षेत्र सामान्य छ।

मिथुन : दिन राम्रो छ। काममा सफलता प्राप्त हुन्छ। छिटो बोल्दा पश्चाताप गर्नुपर्ने भएकाले सोचेर बोल्नुहोला। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

कर्कट : पिपलको रुखको दर्शन गरेर कामको सुरुवात गरेमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

सिंह : दिन राम्रो छ। तपाईंका योजनामा कुनै अवरोध हुने छैन। प्रतिस्पर्धी कमजोर हुनेछन्। नयाँ योजना बोकेका साथीसँग भेट भएमा सुखमय दिन हुनेछ। परिवारिक मनमुटा भने हुनसक्छ।

कन्या : आफ्नो काम आफै गर्नुपर्ने हुन्छ। अर्काको भर पर्नुभयो भने समस्याको सुरुवात हुनसक्छ। नसोचेका मान्छेको साथ र सहयोग प्राप्त हुनसक्छ। पारिवारिक सम्बन्ध राम्रो छ।

तुला : दिन राम्रो छ। सोचेको काम बन्नेछ। सबै क्षेत्रमा बनाएका योजना सफल हुनेछन्। अचानक शुभ खबर सुनेर उत्साह प्राप्त हुनसक्छ। यो खबरले परिवारमा खुशी मिल्नेछ।

वृश्चिक : समय सामान्य छ। आफूले गरेको कामको जस अरुले लिएर अपजस तपाईंमाथि आइलाग्न सक्छ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा राम्रो परिणाम प्राप्त हुनेछ।

धनु : आज गरेका काम सफल हुनेछन्। आर्थिक क्षेत्र सबल हुनेछ। राजनीति क्षेत्रमा असफल हुन सकिन्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ प्राप्त हुनेछ।

मकर : बन्धुबाट सहयोग हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्र सामान्य छन्। पुरानो लगानी उठ्ने सम्भावना रहेको छ।

कुम्भ : स्वयम्सेवक बन्नुपर्ने छ। गाडी, मेसिन, हतियार र कुकुरसँग सचेत हुनुपर्ने देखिन्छ। पिपलको दर्शन गरेमा सबै काम बन्ने योग रहेको छ।

मीन : आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

प्रतिक्रिया दिनुहोस्