प्रधान सेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान

0
Shares

काठमाडौँ।

 प्रधान सेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पवन राज घिमिरे र सहायक रथ चोक बहादुर ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच घिमिरे र ढकाललाई पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन् ।

हाल उपरथी ढकाल युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबनान (युनिफिल) मिशनमा डेपुटी फोर्स कमान्डरका रुपमा कार्यरत छन्। उनीहरु नेपाल सरकारको पुस १२ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन्।

सोही अवसरमा प्रधान सेनापतिले पौष १२ गतेकै मितिबाट सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानीहरु क्रमशः कमल बानिया पिएच.डी, राजाराम बस्नेत, रोज प्रताप राणा, संजय देउजा, पुरन घले, राजेन्द्र श्रेष्ठ, नारायण बहादुर थापा र लेखा महासेनानी राजन अधिकारीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।