बालकुमारी घटनाविरुद्ध जिल्ला प्रशासन कार्यालय घेराउ गरिने



सुर्खेत। 

बालकुमारी घटनाविरुद्ध दबाब दिनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई घेराउ गरिने भएको छ ।
मृतकका आफन्तहरुको पीडित संघर्ष समितिले सरकारलाई दबाब दिनका लागि आज जिल्ला प्रशासन कार्यालय सुर्खेतको कार्यालय घेराउ गर्ने जनाएको छ ।

सुर्खेतको जिल्ला प्रशासन कार्यालय घेराउसंगै विभिन्न विषयहरु समावेश भएको मागपत्र पनि पेस गरिने संघर्ष समितिका अगुवा रेखा थापाले जानकारी दिइन । उनका अनुसार मृतकलाईसहिद घोषणा गर्नु पर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई रोजगार, घाइतेको उपचार गर्नुपर्ने लगायतका विभिन्न मागहरु रहेका छन् ।

ललितपुरको बालकुमारीमा भएको घटनामा दैलेखको महावु गाउँपालिका वडा नंं ६ का सुजन रावत र अछामका वीरेन्द्रबहादुर शाहीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । हत्या विरोधमा आज सुर्खेतमा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको आन्दोलनका अगुवा थापाले जानकारी दिइन ।मृतक सुजन र वीरेन्द्रका आफन्तहरूले चरणबन्द आन्दोलनका कार्यक्रम अन्तरगत आज सोमबार जिल्लामा सरकारी गाडी चल्न नदिने तथा जिल्ला प्रशासन कार्यालय घेराउको कार्यक्रम तय गरिएको हो ।

वीरेन्द्रनगरको मंगलगढी चोकमायुवाहरु जम्माहुने र जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने तयारी भएको मृतककाआफन्तले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्