‘धोती दिवस’ मनाउन गएकी सामान्य प्रशासन मन्त्री अनिता देवी पक्राउ



काठमाडौं ।

‘धोती दिवस’ मनाउन गएकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार धोती दिवस मनाउन माइतीघरमण्डला गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै उनलाई पक्राउ गरिएको हो।

प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अन्य नेताहरुलाई पनि पक्राउ गरेको जनाएको छ।

सरकारले निषेधित क्षेत्र तोकेको माइतीघर मण्डलामा सोमबार बिहान जनमत पार्टीले प्रदर्शन गरेपछि मन्त्री साहसहित ५३ जनालाई प्रहरीले प्रक्राउ गरेको हो। मन्त्री साह आज बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै प्रदर्शनमा गएकी थिइन्।

जनमत पार्टी अध्यक्ष राउतसहित पक्राउ परेका ५३ जनालाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ। जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्