जनमत पार्टीका अध्यक्ष सीके राउतसहित ६३ जना पक्राउ



काठमाडौं ।

धोती दिवस मनाउन माइतीघर पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ। बबरमहलबाट माइतीघर तर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको सो पार्टीका नेता बिपी साहले जानकारी दिए।

‘धोती दिवस मनाउन माइतीघर जान लाग्दा आर्ट काउन्सिलबाट अध्यक्षसहित हामीलाई प्रहरीले पक्राउ गरे महेन्द्र पुलिस क्लब ल्याएको छ, साहले भने, यहाँ ६३ जना छौँ, थप अरूलाई अर्को ट्रकमा हालेर अन्यत्र लगेको छ।’

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। मधेसी समुदायले अङ्ग्रेजी नयाँ वर्षमा हरेक पटक धोती दिवस मनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्