नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच जना घाइते



बाँके ।

बाँकेको नौवस्तास्थित बालसुधार गृहका बालबन्दीबीच विवाद हुँदा भएको झडपमा परी पाँच जना घाइते भएका छन्। बैजनाथ –३, गाभरस्थित क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बालबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले बताए।

बालसुधार गृहमा १८ वर्षमाथिका बन्दीबीच शनिबार रातिदेखि नै झडप भएको बताइएको छ। दुईवटा ब्लकका बालबन्दीबीच झडप भएको हो।

एउटा ब्लकमा २३ जना र अर्को ब्लकमा ९३ जना राखिएका छन्। उनीहरूबीच ढुङ्गा हानाहान भएको थियो।

आइतबार अपरान्ह ४ बजेतिर हानाहान हुँदा एक जना बालबन्दी घाइते भएका छन्। घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ।

अहिले स्थिति नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा बल खटिएको छ।

प्रतिक्रिया दिनुहोस्