बालकुमारी घटनाको विरोधमा राप्रपा नेपालको प्रदर्शन

0
Shares

ललितपुर ।

ललितपुरको बालकुमारीमा हिजो भएको घटनाको विरोध गर्दै राप्रपा नेपालले आज काठमाडौँको जमलमा विरोध प्रदर्शन गरेको छ ।

 पार्टी आबद्ध जनबर्गिय संगठनहरुले दमनको विरुद्धमा चर्को नाराबाजी गरेका छन् ।

 ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन, घटनाको छानबिन गर दोषी माथि कारबाही गर’ भन्दै प्रदर्शनकारीले  नाराबाजी गरेका छन् ।

मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै  युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।