बालकुमारी घटनामा ज्यान गुमाएका युवाका परिवारलाई १०-१० लाख दिने सरकारको निर्णय



काठमाडौँ।

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो भएको घटनामा परी ज्यान गुमाएका दुई युवाको परिवारलाई १०–१० लाख राहत दिने घोषणा गरेको छ।
शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिइन् । उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको बताइन् । यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा गर्ने उनको भनाई थियो ।

शुक्रबार इपीएस परीक्षाबाट बञ्चित युवाहरुको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको थियो भने आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएका थिए ।

यो पनि

बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित

प्रतिक्रिया दिनुहोस्