बालकुमारी घटनामा दुई युवकको मृत्यु भएपछि ठाउँ ठाउँमा प्रदर्शन



काठमाडौँ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा दुई युवकको मृत्यु भएपछि शनिबार काठमाडौँसहित कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विरोध प्रदर्शन भएको छ ।

मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरूले सुर्खेतको वीरेन्द्रचोक, यरीचोक, मंगलगढी लगायतका चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको समेत राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन्।

दक्षिण कोरियामा रोजगारीको योग्यताका लागि लिइने भाषा परीक्षासम्बन्धी सरकारी नीतिको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले बल प्रयोग गर्दा शुक्रबार दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो।

प्रशासनले युवाहरूको ज्यान जाने गरी दमन गरेको भन्दै काठमाडौँको माइतीघरमा शनिबार बिहान प्रदर्शन भएको थियो। माईतीघरमा सरकारको विरोध गर्दै उत्रिएका केही लाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्