प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्रीहरुले मागे अधिकार



काठमाडौं ।

संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन माग राखिरहेका सातै प्रदेशका मुख्यमन्त्रीले आज (शनिबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएका छन्।

संघीयता कार्यान्यन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्राप्त गर्नको लागि आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार हेटौंडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको ९ बुँदे साझा पत्र बोकेर काठमाडौं आएका ६ जना मुख्यमन्त्रीले साझा पत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।

त्यसपछि आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले यस विषयमा प्रधानमन्त्रीको प्रचण्डलाई पत्र दिँदै ध्यानाकर्षणपत्र बुझाएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्