जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर



काठमाडाैं ।

सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन बिदा दिने गरेको सार्वजनिक बिदालाई सर्वोच्च अदालतले बदर गरेकाे छ  ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय आदेश बदर गरेको हो ।

जनयुद्ध दिवसको अवसरमा भनी देशभर सार्वजनिक बिदा दिने नेपाल सरकारको मिति २०७९/१०/२९ को निर्णय र यस वर्षमासमेत मिति २०५०/११/१ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति २०७९/१२/२ मा प्रकाशित सूचना एवम् सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरूसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ’, सर्वोच्चको आदेशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्