बालकुमारी घटना छानबिनका लागि समिति गठन



काठमाडौं ।

ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी र दुई युवाको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेकाे छ  ।

गृहले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

समितिमा ललितपुरका सहायक सिडिओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन्। सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समिति गठन भएको हो।

प्रतिक्रिया दिनुहोस्