गभर्नर अधिकारीको मुद्दामा कारण देखाऊ आदेश


काठमाडौँ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। गभर्नर अधिकारीविरुद्ध परेको रिटमाथि न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

साथै आन्तरिम आदेश दिने नदिने बारेमा छलफल गर्नका लागि दुवै पक्षलाई झिकाउने पनि आदेश भएको छ।

अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले हिजो रिट निवेदन दर्ता गरेका थिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।