ग्वार्कोमा आन्दोलनकारी र प्रहरीबीच झडप, १० जना पक्राउ


काठमाडौं ।

ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडप भएकाे छ  ।

आन्दोलनकारीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका छन् । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनास्थलमा प्रहरी वृत सातदोबाटोका डिएसपी उमेश जोशी र जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी उमेश लम्साल नेतृत्वको टिम परिचालन गरिएको छ ।  घटनास्थलमा काठमाडौँबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।