घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?



काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १३ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन तोलाको एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्