वेस्ट ह्यामसँग आर्सनल २-० ले पराजित



काठमाडौं ।

ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो।

वेस्ट ह्यामको जितमा टोमस सोउक र कोन्सटान्टिनोस माभ्रोपनोसले एक एक गोल गरेका थिए। यो वेस्ट हाम युनाइटेड यस सिजनमा १० औं जित हो। यो जितपछि १९ खेलमा ३३ अङ्कसहित वेस्ट ह्याम छैटौँ स्थानमा उक्लिएको छ।

त्यस्तै आर्सनलले भने यो हारपछि शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। यो यस सिजनमा आर्सनलको तेस्रो हार हो। १९ खेलमा ४० अङ्कसहित आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ।

आर्सनलको हारपछि यसको फाइदा लिभरपुललाई भएको छ। लिभरपुल १९ खेलमा ४२ अङ्कसहित स्पष्ट २ अङ्कको अग्रतासहित शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्