ब्राइटनले टोटनह्यामलाई ४-२ ले हरायो



काठमाडौं ।

ईङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनले टोटनह्यामलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

ब्राइटनको जितमा जोआओ पेड्रोले २ गोल गरेका थिए भने ज्याक हिन्शेलवूड र पेर्भिस एस्तुपिनानले एक एक गोल गरेका थिए। त्यसैगरी टोटनह्यामका लागि अलेजो भेलिज र बेन डेभिसले एक एक गोल गरेका थिए। यो ब्राइटनको यस सिजनमा आठौँ जित हो।

यो जितपछि ब्राइटन १९ खेलमा ३० अङ्कसहित आठौँ स्थानमा उक्लिएको छ। त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा पाँचौँ हार हो। १९ खेलमा ३६ अङ्क रहेको टोटनह्याम लिगको पाँचौँ स्थानमा  छ।

प्रतिक्रिया दिनुहोस्