हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



झापा ।

हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएका थियो।

हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्