फेसियल हाउसको वार्षिकोत्सवमा मनोरञ्जनको बहार



काठमाडौं ।

महिला र पुरुष सौन्दर्यको क्षेत्रमा लोकप्रियता कमाउँदै आएको फेसियल हाउसले राजधानीमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सफलता र लोकप्रियताको १६औं वार्षिकोत्सव भव्यरूपमा मनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् लोकप्रिय ब्युटिसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीको सिटी सेन्टरस्थित फुड कोर्टमा सम्पन्न समारोहमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो।

चमक दमकका साथ सम्पन्न कार्यक्रममा खुमन अधिकारी, सिर्जना कुँवर लगायतका गायक–गायिकाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरी दर्शक तताएका थिए।

त्यसैगरी, टिम इन्टरटेन्टमेन्टका कलाकारले विभिन्न नृत्यमार्फत् दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए भने क्रेजी नोट्स ब्यान्डले गीत संगीत प्रस्तुत गर्दै दर्शक नचाएको थियो।

हास्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेल र राधिका कँडेलले हास्यंव्यग्य प्रस्तुत गर्दै अघि बढाएको कार्यक्रममा फेसियल हाउसका कर्मचारीलाई सौन्दर्यको विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।

समारोहमा प्रमुख अतिथि पर्यटन राज्य मन्त्री सुशीला सिर्पाली राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्वसदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठलगायतले फेसियल हाउसले सौन्दर्य क्षेत्रको तर्फबाट पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

हाउसका संरक्षक उज्ज्वलजंग शाहले स्वागत मन्तव्य राखेको कार्यक्रममा ब्युटिसियन सुष्मा महराको जीवनीमा आधारित करिब १३ मिनेटको दृश्यचित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो। जसमा सौन्दर्य क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ व्यक्तिहरूलाई सकारात्मक सन्देश थियो।

महिला तथा पुरुषका लागि सौन्दर्य सेवा प्रदान गर्दै आएको फेसियल हाउसको केन्द्रिय कार्यालय सुन्धारास्थित काठमाडौं मलमा छ भने आउटलेटहरू बागदरबारस्थित सीटीसी मल (एकेडेमीसहित), चावहिलको चुच्चेपाटीस्थित केएल टावर र गणेशस्थानमा छन्।

यस्तै, उपत्यकाबाहिर, पोखराको चिप्लेढुंगास्थित पोखरा ट्रेड मल, सुर्खेतको न्युरोड र कैलालीको धनगढीमा आउटलेट सञ्चालनमा छन्। फेसियल हाउसले आफ्नो नया“ आउटलेट चितवनमा पनि सञ्चालन गर्ने तयारी गरिरहेको महराले जानकारी गराइन्।

प्रतिक्रिया दिनुहोस्