थाहा पाउनुहोस् तपाईंको आजको राशिफल



मेष :आज चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

वृष : आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ।

मिथुन : दिन राम्रो छ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारले हरेक काममा सहयोग गर्ने देखिन्छ। प्रेममा सफलता हात लाग्नेछ।

कर्कट : दिन सामान्य छ। विवादको सामना गर्नुपर्ने हुनसक्छ। स्वास्थ्यमा समस्या देखिए पनि परिवारको साथ मिल्नेछ।

सिंहः दैनिकी राम्रो छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा उत्साह मिल्नेछ। परिवारमा झगडा हुनसक्छ। विवाद भएमा तर्क धेरै नगर्नु राम्रो हुन्छ। आफ्नो कामबाट भने सम्मान प्राप्त हुनसक्छ।

कन्या : दिन सामान्य छ। व्यवहारिक झन्झट आइपर्न सक्छ। साथीबाट साथ नमिल्न सक्छ। परिवारले साथ नदिए पनि वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा दिनेछ।

तुला : आर्थिक क्षेत्र सामान्य छ। साथीले खुट्टा तान्ने भएकाले साथीबाट जोगिनु राम्रो हुन्छ। धार्मिक कार्यमा संलग्न भएमा सोचेको काम बन्नेछ।

वृश्चिक : आजको दिन सामान्य छ। दिन प्रतिकुल छ। सहयोगीले अप्ठेरो कुरा गर्ने देखिन्छ। व्यापार व्यवसायमा घाट साहनुपर्ने हुनसक्छ। पिपलको दर्शन गरेर थालेको कामबाट फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। आफ्नो बोलीले सबैलाई प्रभावित बनाउने देखिन्छ। स्वास्थ्य राम्रो हुनेछ। मनमा उत्साह मिल्ने योग छ। परिवारले हरेक क्षेत्रमा साथ दिनेछन्। प्रेममा सफलता मिल्नेछ।

मकर : दैनिकी सामान्य छ। शनिदेवको छाया परेकाले वर वा पिपलको दर्शन गर्दा मात्र दिन सफल हुन्छ। परिवारमा विश्वास गर्दा घाटा हुने योग छ।

कुम्भ : साथीभाइ अनुकुल भएका छन्। शिक्षाको क्षेत्रमा गरेको लगानी र श्रमबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नसक्छ।

मीन : आज सामान हराउन सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आफन्त सँग मनमुटाव बढ्ला। खानपिनमा सावधानी अपनाउनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्