प्रधानमन्त्री कप महिला क्रीकेट : एपीएफ र कोशी प्रदेश विजयी



काठमाडौं ।

जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रीकेट प्रतियोगितामा कोशी प्रदेश र एपीएफ क्लबले आ-आफ्नो खेलमा जित हासिल गरेका छन्। आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले पराजित गरेको हो।

कोशी प्रदेशले दिएको १३० रनको लक्ष्य पछाएको मधेश प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर केवल ६९ रन बनाएपछि कोशी प्रदेश ६० रनले विजयी भएको हो। यसअघि पहिला ब्याटिङ गर्दै कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो।

यो कोशी प्रदेशको लगातार तेस्रो जित हो। यो जितपछि कोशी प्रदेशको ३ खेलमा ६ अङ्क भएको छ र अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ। त्यसैगरि आइतबार नै सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गरेको छ।

एपीएफले दिएको १५२ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर ६१ रन मात्र बनाएपछि एपीएफ ९० रनले विजयी भएको हो।

यसअघि एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो। यो एपीएफको लगातार तेस्रो जित हो। यो जितपछि एपीएफको ३ खेलमा ६ अङ्क भएको छ र अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ।

अब एपीएफले सोमबार कोशी प्रदेशको सामना गर्ने छ भने लुम्बिनी प्रदेशले कर्णालीसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्