कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस



काठमाडौं ।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन्।

आज बिहान बसेको न्याय परिषदको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्तिको निर्णय गरेको हो। कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिश गरिएको छ।

बैठकले उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सरुवा गर्ने निर्णय पनि गरेको छ।

राजस्व नयायाधीकरण नेपालगञ्जको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश टंकप्रसाद गुरुङलाई तोक्न परामर्श दिने निर्णय पनि भएको न्याय परिषद्ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्