सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै



काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुँदै छ। क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर जबरजस्ती करणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन लागेकाके हो।

उक्त मुद्दाको आइतबार फैसलाका लागि पेसी तोकिएको छ। यसअघि नै वादी र प्रतिवादी दुवै पक्षका अधिवक्ताहरूले बहस नोट बुझाइसकेका छन्।

गत १५ फागुनमा सर्वोच्च अदालतले  चाँडो फैसला गर्न आदेश दिए पनि विभिन्न कारणले सुनुवाइमा ढिलाइ भएको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्