बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा तीन नेताबीच छलफल भएको हो। उनीहरुबीच सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेर छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।

शीर्ष तीन नेताहरूबिचको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित थिए। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ।

उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्