गौशालाकी उपमेयर चढ्ने गाडीमा आगजनी



काठमाडौं ।

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ। उपमेयर रेनुकुमारी महतो चढ्ने प्र २-००२-०००१झ०००५ नम्बरको बोलेरो गाडीमा गएराति आगजनी भएको हो।

गौशाला नगरपालिका–१, रामनगरस्थित निवासअगाडि पार्किङ गरेर राखिएको गाडीमा गएराति आगजनी भएको उपमेयर महतोले जानकारी दिइन्। पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्तिले पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।

घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुनबाट जोगिएको प्रहरीको भनाइ छ। आगजनीबाट गाडीको अगाडी र पछाडिका एकएक वटा चक्कामा क्षति क्षति पुगेको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्