म्यानचेस्टर युनाइटेडमाथि वेस्ट ह्यामको शानदार जित



काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई आफ्नो घरेलु मैदानमा २.० गोल अन्तरले पराजित गरेको हो ।

वेस्ट ह्यामले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । वेस्ट ह्यामका लागि खेलको ७२औं मिनेटमा जारोड बोवेन र खेलको ७८औं मिनेटमा मोहमद कुदुसले गरेका थिए । यो यस सिजनमा वेस्ट ह्यामको यो नवौं जित हो । यो जितपछि वेस्ट ह्यामको १८ खेलमा ३० अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा आठौँ हार हो । १८ खेलमा २८ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा आठौँ स्थानमा झरेको छ । लगातार आलोचना खेपिरहेका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक टेन ह्यागले यो हारपछि राजीनामाको दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्