‘अनियमिततालाई ब्लक गर्न अदालत प्रविधिमैत्री हुनुपर्छ’: प्रधानन्यायाधीश



– प्रधानन्यायाधीश दिए कानुन ब्यवसायीहरुलाई शुभकामना, 
जिल्ला अदालतको निरीक्षण

काभ्रे । 
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालत लगायत देशभरका अदालतहरूलाई प्रविधिमैत्री बनाउँदै अनियमिततालाई ब्लक गरी न्यायमा पहुँच पु¥याउन आवश्यक रहेको बताएका छन् ।  नेपाल बार दिवस (बार–डे) २०८० को उपलक्ष्यमा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा आयोजित बार दिवसको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले उक्त धारणा राखेका हुन् ।

बार दिवसमा सहभागी हुनु अघि प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालत काभ्रेपलान्चोकको निरीक्षण गरेका थिए । सोही क्रममा काभ्रेपलान्चोक जिल्लाका प्रमुख जिल्ला न्यायाधीश राजेन्द्र नेपाल, न्यायाधीशहरू विश्वनाथ भट्टराई र शिवकुमार पोखरेल, श्रेस्तेदार कर्णबहादुर राई लगायतले जिल्ला अदालतले गरिरहेका काम, समस्या तथा भौतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । जिल्ला अदालतले भौतिक अवस्थाका कारण सेवाग्राहीहरुलाई सहज सेवा दिन असहज महसुस गरिरहेको सोही अवसरमा प्रधानन्यायाधीश श्रेष्ठलाई जानकारी गराईएको थियो ।

उपत्यका बार एसोसिएसन, उच्च अदालत पाटन बार एसोसिएसन, काठमाडौँ जिल्ला अदालत बार एसोसिएसन, भक्तपुर जिल्ला अदालत बार एसोसिएसन, ललितपुर जिल्ला अदालत बार एसोसिएसन, विशेष अदालत बार एसोसिएसन र काभ्रेपलान्चोक जिल्ला अदालत बार एसोशिएशनको आयोजनामा नेपाल बार दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले भने न्यायमा पहुँच पु¥याउन, अनियमिततालाई ब्लक गर्दै जान प्रविधिमैत्री हुन आवश्यक छ । प्रधानन्यायाधीश श्रेष्ठले भने–‘म आएको दिन देखि नै सुधारका काममा लागिरहेको छु ।

सर्वोच्च अदालतमा भएको सुधार उच्चमा, उच्च अदालतमा भएको परिवर्तन विस्तारै जिल्ला अदालतमा पु¥याईने छ । उच्च अदालतमा पेशीको तारेख अटोमेशन गर्ने तयारी छ । हामी सबै तिर त्यसको शुरुवात गर्नेछौँ ।’  ‘भर्खरै म चीन पुगेँ । केही समय अघि भारत पनि पुगेको थिएँ । त्यहाँ भएको प्रविधिबाट म प्रभावित भएको छु । अदालतमा न कानुन व्यवसायी आउँछन् न कोही पक्ष आउँछन् ? समयको पनि बचत । झन्झट पनि छैन’–प्रधानन्यायाधीश श्रेष्ठले भने–‘नेपालका अदालतमा पनि सुरु गरौं ।

पहिला सर्वोच्च अदालतमा सुरु गरौँ । केही समय अघि धनकुटाबाट बहस भयो । यहाँ पनि सकिन्छ । हामी तयार नै छौँ । भिडियो कन्फरेन्सबाट बहस गर्न चाहनु हुन्छ भने तपाई कानुन व्यवसायीहरूले एउटा सन्देश पठाई दिनुस् । हामी त्यसको व्यवस्थापन गर्नेछौ ।’ प्रविधिबाट जनतासँग नजिक हुने र नागरिकमैत्री सेवामा सहजता ल्याउने विषयमा आफू शपथ खाएको दिन देखि नै प्रयत्न रहेको बताउँदै प्रधानन्यायाधीश श्रेष्ठले भने–‘दार्चुलाबाट काठमाडौँसम्म बहस र बकपत्र गर्न किन आउनु प¥यो ? प्रविधिबाट नै हुने भए पनि समय र खर्च दुवैको बचत मात्रै भएन । अनियमितता रोक्ने एउटा ब्लक पनि सुरु भयो ।

म सुधारका लागि प्रयत्नरत छु । साथ र सहयोग सबै पक्षको आवश्यक छ ।’ नेपालका अदालत प्रविधिमैत्री बनाउन सकिएन भने धेरै पछि परिने प्रधानन्यायाधीश श्रेष्ठले बताए ।  स्वतन्त्र न्यायपालिका प्रविधिमैत्री सेवा, सक्षम कानुन व्यवसायी पेसागत मर्यादा भन्ने नाराका साथ सुरु भएको कार्यक्रमको धुलिखेलमा उद्घाटन पछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले काठमाडौँ जिल्ला भित्र रहेका तीन वटा अदालत विशेष, श्रम र वैदेशिक रोजगार न्यायाधिकरणमा भिडियो कन्सफरेन्सबाट बहस र बकपत्र लगायतका कार्य सुरु गरिएको बताए ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भने–‘तपाई कानुन व्यवसायीहरू तयार भए सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा समेत उक्त प्रविधि कार्यान्वयन गर्न सकिन्छ ।’ प्रधानन्यायाधीश श्रेष्ठले भिडियो कन्फरेन्सबाट बहस र बकपत्र गर्ने व्यवस्था मिलाउन बारका अध्यक्षहरूलाई अनुरोध गरेको बताए । प्रधानन्यायाधीश श्रेष्ठले सुधारका पाटो खोजौँ भने पनि प्रविधिका माध्यमबाट पनि सुधार गर्ने कुरामा कोही पनि सहमत नभएको बताए ।

 

बार दिवसको अवसरमा धुलिखेल बसपार्कबाट नगरपालिका सभा हलसम्म बाजागाजा सहित पदयात्रा गरिएको काभ्रेपलान्चोक जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष विष्णुप्रसाद सापकोटाले जानकारी दिए । काभ्रेका अध्यक्ष सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा अधिवक्ता लालतारा अधिकारीको स्वागत रहेको थियो भने अधिवक्ता निरोज नेपालको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा महान्यायाधीबक्ता डा.दिनमणी पोखरेल, वारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, उच्च अदालत, जिल्ला अदालतका न्यायाधीशहरू, बरिष्ठ अधिबक्ताहरु, वार एशोसिएसनका वर्तमान र पूर्व पदाधिकारीहरू, विभिन्न इकाईका प्रतिनिधिहरू, पूर्व महान्याधीबक्ताहरु र कानुन ब्यवसायीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्