काठमाडौं सीटीसी मलमा आगलागी



काठमाडौं । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा आगलागी भएको छ ।

आगलागीबाट मलमा अवस्थित फेसियल हाउसलगायत केही पसलहरूमा क्षति पुगेको छ । आगलागीबाट फेसियल हाउसलाई मात्र करिब ५० लाख रूपैयाँ बराबरको क्षति भएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् ।

उनका अनुसार शुक्रबार राति २ बजेको समयमा विद्युत् सर्ट भइ आगलागी भएको थियो । सो क्रममा फेसियल हाउसमा प्रयोग भएका विभिन्न महङ्गा उपकरणहरू जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्