रवि लामिछानेमाथि खोया प्रहार, एक जना पक्राउ



पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।

शनिबार पोखराको अमरसिंहचौरस्थित खेल मैदानमा पार्टीको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । लामिछाने बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् ।

ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ ।

प्रत्यक्षदर्शीका अनुसार उनले ताकेरै लामिछानेलाई प्रहार गरेका थिए ।  कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए ।

उनले भने, ‘उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ, कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन् । उनी हाम्रो नियन्त्रणमा छन् ।’

प्रतिक्रिया दिनुहोस्