भारतमा फेरी फैलियो कोरोना: चारको मृत्यु, ३ हजार भन्दाबढी संक्रमित



नयाँदिल्ली ।

भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढेपछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो ।

 भारतीय सञ्चार माध्यमका अनुसा कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ । साथै, पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो।

प्रतिक्रिया दिनुहोस्