दोस्रो पटक प्रधानमन्त्री हुँदा बाेलेको कुरा पुरा गर्छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनको उद्घाटन गर्दै दोस्रो पटक प्रधान मन्ती हुँदा मैले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउने विषयमा बोलेको कुरा अब पुरा गर्ने बताएका छन् । उनले साथै सम्मेलनको निष्कर्ष र सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले मष्तिस्क मृत्युपछि अंगदान गर्दा धेरैले नयाँ जीवन पाउँछन् । यो भन्दा ठूलो धर्म केही हाेइन्।

अंगदान गर्न सबैलाई अपिल गर्न चाहन्छु । यतिमात्र नभै अंगदानको विज्ञताका विषयमा डा. पुकारचन्द्र श्रेष्ठ आँखा क्षेत्रमा डा. सन्दुक रुइत छन्, त्यस्तै गाइनोकोलोजीमा डा.चन्दा कार्की सासद पनि हुन् । उनीहरुको ज्ञान र सीपको उच्च मूल्यांकन गरी जनमानसमा सकारात्मक सन्देश दिँदै काम गर्नुपर्छ भन्दै कार्यक्रमको सफलताको कामना व्यक्त गरे ।

सम्मेलनमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ  ३ हजार बिरामी प्रत्येक वर्ष मृगौला प्रत्यारोपणको लाइनमा हुन्छन् तर वर्षमा दुई सय जनाले अवसर पाउँछन्  । भौतिक संरचना र जनशक्ति आवश्यकता अनुसार सरकारले दिन सके यो सेवाको संख्यालाई ५ गुनाले वृद्धि गर्न सक्छौ भने । उनीले प्रधानमन्त्री प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन गरेको निर्णय हाल उद्योग मन्त्रालयमा अडकिएको छ । यसको निकास दिँई जनताको स्वस्थ्य सेवा पाउने नैसर्गिक अधिकारको रक्षा गरियोस बताए  ।

उनले ११ बर्षमा १२ सय बिरामीको मृगौला प्रत्यारोपण भक्तपुरबाट मात्र गर्न सफल भएका छौँ। स्वास्थ्य सेवाको कुनैपनि विधामा सबैभन्दा जटिल, गहन, महंगो तथा चुनौतिपूर्ण कार्य भनेको प्रत्यारोपण मानिन्छ, तर ९९ प्रतिशत सफलता प्राप्त गर्नु देशक गौरवको कुरा हो भने ।

शहीद धर्मभक्तको विशेषता भनेको सबैभन्दा बढी मृगौला प्रत्यारोपण जटिल, मह‌गो तथा चुनौतीपूर्ण कलेजो प्रत्यारोपण, पहिलो मष्तिष्क मृत्युबाट हुने अंगदानबर र फ्रुत्यारोपण, निशुल्क डाइलाइसिस तथा मृगौला प्रत्यारोपण-शुरुवात, नियम कानून बनाउन सरकारलाई घच्घच्याउने, काठमाडौँ बाहिर गण्डकी र कर्णाली प्रदेशमा मृगौला प्रत्यारोपण शुरु भैसकेको छ  ।

अब सात प्रदेशमा  शुरू गर्ने कार्यक्रम रहेको छ। सरकार र नागरिक सबैके सहयोगको अपेक्षा गरिएको छ भने समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, पूर्व मन्त्री महेश वस्नेत सासद डा . चन्दा कार्की, सासद रज्जु झा, राजेन्द्र पाण्डे, अपोलो अस्पतालका डा. सन्दीप गुलरियाले आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्