नेपाल बैंकको सिइओमा तिलकराज पाण्डे नियुक्त



काठमाडौं  ।

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा तिलकराज पाण्डे नियुक्त भएको छन् ।

आज बसेको बैंक संचालक समितिको बैठकले पाण्डेलाई चार वर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेको हो । पाण्डे यसअघि नेपाल बैंकमा २४ वर्ष सेवा गरेर अवकाश पाएका अनुभवी ब्यक्ति हुन।

नेपाल बैंकबाट आवकाश लिएपछि उनी भिवोर विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । भिवोर र लुम्बिनि विकास बैंक मर्ज भएपछि पाण्डे त्यहाँबाट बाहिरिएका थिए।

पछिल्लो समय नेपाल बैंकिङ इस्टिच्युटमा आबद्ध रहँदै आउनु भएका नेपाल बैंकको सीईओ बनाइएको हो । सिइओ छनोट समितिले नेपाल बैंकको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत समता पन्त, लक्ष्मण पौडेल र तिलकराज पाण्डेको नाम सञ्चालक समितिमा पेश गरेको थियो । तिनैमध्येबाट पाण्डेलाई सिईओ नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्