हेर्नुहोस् तपाईंको आजको राशिफल



मेषः आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला। पारिवारिक सद्भाव बढ्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

वृषः तपाईंका सबै क्षेत्र सबल भए पनि वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त नहुन सक्छ । सफल बन्नका लागि आज आफूभन्दा ठुलाको सल्लाह अनुसार चल्नु राम्रो हुन्छ । दाम्पत्य जीवनमा विवादमा पर्ने देखिन्छ । तर्कबाट बच्नु राम्रो हुन्छ ।

मिथुनः शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । व्यापारमा फाइदा हुने देखिन्छ । वैदेशिक लगानी र यात्रामा भने झन्झट आइलाग्न सक्छ ।

कर्कटः दिन सामान्य छ । आर्थिक र शैक्षिक क्षेत्रमा अब्बल ठहरिन सक्नुहुन्छ । शत्रुसँग पराजित हुने योग रहेकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ ।

सिंहः कडा खालका विपक्षीको सामना गर्नुपर्ने हुनसक्छ । रोगबाट मुक्त हुने योग रहेको छ । प्रेम सम्बन्ध र परिवारमा सफलता मिल्नेछ।

कन्याः दिन राम्रो छ । स्वास्थ्य, शिक्षा र सम्पत्तिमा राम्रो देखिन्छ । मान्यजनको सेवा नगर्दा असहयोग गर्नेछन् । राजनीतिक क्षेत्रमा खराबहरुले सताउने भएकाले सचेत हुनुपर्ने देखिन्छ ।

तुलाः मानसिक उल्साह बढ्नेछ। गुमेको सम्पत्ति अचानक हात लाग्नेछ। समकक्षीले खुट्टा तान्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ। शिक्षाको लगानीबाट राम्रो नतिजा मिल्नेछ। दाजुभाइले सहयोग नगर्ने देखिन्छ ।

वृश्चिकः विपक्षीले तपाईंको उन्नतिमा डाहा गर्ने छन् । धनको घमण्ड नगर्नु राम्रो हुनेछ। अभिभावकको आर्शिवाद लिएर अगाडि बढेमा राम्रो हुनेछ । प्रेम र परिवारको सम्बन्ध राम्रो हुनेछ ।

धनुः दिन सामान्य राम्रो छ । आफ्नो बोली सम्हाल्नु आवश्यक छ। नसोची बोल्नु भएमा बोली नै गोली बन्ने खतरा हुन्छ। परीक्षा दिएको भए नतिजा राम्रो प्राप्त हुनेछ ।

मकरः खर्च बढ्ने देखिन्छ । आफूलाई सहयोग गर्नेहरु टाढा हुने योग रहेको छ। शिक्षा र सामाजिक क्षेत्रमा राम्रो भए पनि परिवारमा मनमुटाब बढ्नेछ ।

कुम्भः अनावश्यक खर्च बढ्नेछ । बोल्न नजान्दा समस्या हुनेछ । रोग बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ।

मीनः सहयोगी हातहरू अघि बढ्नेछन्। आफन्तको प्रगतिमा मन रमाउनेछ। पुनर्मिलनको योग रहेको छ। व्यापार व्यवसायमा फाइदा होला।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्