दक्षिण एसियाली स्केटबोर्डमा ९ राष्ट्र



काठमाडौं ।

नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ तथा स्केट एड नेपालको संयुक्त आयोजना पाँचौं दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि बुटवलमा हुने भएको छ। प्रतियोगिताको यो दोश्रो संस्करण हो भने स्केट जात्राको पाँचौं संस्करण हो ।

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्ड गरी ९ राष्ट्रको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्युत खनालले जनाएका छन्।

नेपालबाट १ सय खेलाडीको सहभागिता रहने बताइएको छ । बाँकी प्रत्येक राष्ट्रबाट ४० खेलाडीलाई आमन्त्रण गरिएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्