दुबई पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ


काठमाडाैं ।

वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–१६ घर भई हाल काठमाडौंको तारकेश्चर नगरपालिका–५ बस्ने वर्ष ४० को नविन खड्का र मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ घर भइ तारकेश्वर–५ बस्ने वर्ष ३३ की चमेली चुहान रहेका छन् ।

उनीहरूले जगत बहादुर विष्टलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति तीन लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ६० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी तीन लाख रुपैयाँ मात्र रकम लिई सम्पर्कविहीन भएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मी बताए  ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खड्का र चमेलीको खोजतलास गर्ने क्रममा चमेली चुहानलाई बालाजुबाट र नविनलाई नयाँबानेश्वरबाट पक्राउ उपरीक्षक  रेग्मी जानकारी दिए  ।  रेग्मीका अनुसार उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको जानकारी दिए  ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।